ओली बोलाए आकस्मिक बैठक, ४ डिआइजीको उध्दार
झापा । सशस्त्र प्रहरी बल नेपालबाट पदावधि पूरा गरेर आजदेखि घर जान लागेका चार जना डिआइजीको म्याद थप्न लागिएको छ । कमल गिरी, गणेश ठाडामगर,कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको आज साँझ ७ बजेबाट सुरु भएको क्याबिनेट बैठकले म्याद थप्ने तयारी छ ।
गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख,नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन् । डिआइजीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुअघि सबैको एक वर्ष थप्न लागिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । यसो हुँदा एआइजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर जुर्छ ।
