सरकारको औचित्य सकियो- केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले ७ बुँदे सहमतिको अपमान गरेको बताए ।
‘२०८७ नभइ संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार दुई वटा ठूलो-ठूलो दलबाट जो बनेको छ । त्यसको ७ बुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ,’ सांसद केसीले भने ।
कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउनेगरी ७ बुँदे समझदारी गरेका थिए । उक्त समझदारीको बुँदा नम्बर २ मा संविधान संशोधन गर्ने प्रतिवद्धता छ ।
