झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध
झापा । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुईजना निर्विरोध भएका हुन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका छन् । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । आज बिर्तामोडस्थित अतिथि सदनमा भइरहेको निर्वाचन प्रक्रियामा गोल्डकपका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।