संसदको हिउँदे अधिवेशन आजदेखि
झापा । साढे चार महिनापछि संघीय संसदको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ । बैठक दिउँसो १ बजेबाट डाकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरुको सम्बोधनपछि सरकारले छ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
सरकार ती अध्यादेश जसरी पनि पारित गराउने रणनीतिमा छ भने माओवादी केन्द्रलगायत विपक्षी दलहरु अध्यादेश अस्वीकृत गराउने पक्षमा देखिन्छन् ।
