वार्ता समिति बन्यो, तर आज पनि बन्द यथावत
बिर्तामोड । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणमा रोक लगाउन माग गर्दै आन्दोलन गरिरहेका पक्षसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा समिति बनाए पनि आन्दोलनकारीले भने आइतबारदेखि घोषणा गरेको अरुण पूर्वका नौ जिल्ला बन्दको कार्यक्रम यथावत राखेका छन् । सरकारले वार्ताका लागि आफ्ना माग पूरा गर्नुपर्ने उनीहरुको धारणा छ ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक श्री लिङखिमले सरकारले आफ्ना मागहरु पूरा गर्ने सुनिश्चितता देखिए मात्र वार्तामा बस्न तयार भएको बताए । उनले आन्दोलनमा पक्राउ परी मुद्दा चलेका आन्दोलनकारीको मुद्दा फिर्ता हुनुपर्ने, केबलकार निर्माण रोकिएमा तथा काफ्लेपाटीबाट सशस्त्र फिर्ता बोलाएमा मात्र आन्दोलनका कार्यक्रम फिर्ता लिने बताए । उनले आज पनि बन्द यथावत रहेको जनकारी दिए । हालसम्मलाई मंगलबारबाट हुने अनिश्चितकालीन आम हड्तालको कार्यक्रम पनि यथावत राखिएको बताए ।
सोमबार बिहान ५ः२० बजे झापाको दमक –४, आस्था टोलको प्रवेशद्वारअगाडि पूर्वपश्चिम राजमार्गमा ३–४ जना बन्दकर्ताहरुले सडकमा टायर बालेका हुन् । उक्त आगोलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले निभाएको छ । हिजो दमक, सुनसरीको इटहरीलगायत स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार दमकबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमकमा आन्दोलनकारीले प्रहरीको गाडीको सिसा फुटाएपछि एक राउन्ड हवाई फायर गरेको उनले दाबी गरे ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधान गर्न संघ सरकारले वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् । यद्यपि बन्दकर्ताहरुले बन्द यथावत राखेका छन् ।
झापा, माघ २१ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर नो केबलकार पक्षधरहरुले आज पनि बन्द यथावत राखेका छन् ।
आज बिहान ५ः२० बजे झापाको दमक –४, आस्था टोलको प्रवेशद्वारअगाडि पूर्वपश्चिम राजमार्गमा ३–४ जना बन्दकर्ताहरुले सडकमा टायर बालेका हुन् । उक्त आगोलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले निभाएको छ । हिजो दमक, सुनसरीको इटहरीलगायत स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।