केराबारीका वडाध्यक्षको भैंसी मर्दा छानबिन समिति गठन
झापा । मोरङको केराबारी गाउँपालिकाका-३ का वडाध्यक्ष रामचन्द्र शाहीकोको भैंसी मरेपछि गाउँपालिकाले धुमधाका साथ छानबिन थालेको छ । केराबारी वडाध्यक्ष रामचन्द्र शाहीको भैंसी माघ २२ गते मरेको थियो । लैनो भैंसी मरेपछि छानबिनका लागि तीन सदस्यीय समिति बनाएको छानबिन थालिएको हो।
केराबारी गाउँपालिकाका पशुपन्छी शाखाका प्रमुख सहदेव दासले दिएको गलत औषधिका कारण लैनो भैंसी मरेको दाबी गर्दै वडाध्यक्ष शाहीले क्षतिपूर्ति दाबी गरेका छन् । अध्यक्षको दाबीमा गाउँलेहरुले समेत साथ दिएपछि पालिकाले तत्काल पशु प्राविधिक दासलाई छानबिन नसकिएसम्म फिल्डमा गएर उपचार गर्न रोक लगाएको छ ।
गाउँपालिकाले कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको नेतृत्वमा गठन गरेको समितिमा एकजना पशु प्राविधिक र एक जना जनप्रतिनिधि राहेको केराबारी गाउँपालिकाकाका अध्यक्ष सुमन मिरिङचिङले बताए । समितिले परीक्षणका लागि मृत भैँसीको नमूना संकलन गरिसकेको छ ।
