‘नो केबलकार समूह’ ले थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने
झापा। ‘नो केबलकार समूह’ र सरकारी टोली बिचको बार्त बिथोलिएसँगै ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
आइतबार भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै थप आन्दोलनको कार्यक्रम आउने भएको हो । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको टोली अस्वीकार भएको बताएका छन् ।
आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ । त्यसका लागि आज साँझसम्मको समय दिइएको उनले बताए ।
‘