आजको मौसम
झापा। पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ ।
कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानीपख तराईका भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।
