” लाए माया तिमिलाई छानी …” गीत रीलिज
झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भएको छ । एसआर डिजिटल युटूब च्यानलबाट गीत रीलिज भएको छ।
रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिस्ठ साहित्यकार तथा गीतकार केशव आचार्यले गीतको बिमोचन गरेका थिए।मारवाडी भाषामा गीत कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो ।
गायक निरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतमा सङ्गीत गायक पोखरेलकै रहेको छ। गीतमा माही शर्मा अभिनय रहेको छ ।
