अर्जुनधारामा टिप्परले किचेर हल्दिबारीका किस्कुको मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारा–७ मा रहेको एक क्रसर उद्योगमा टिप्परले किचेर आइतबार साँझ क्रसरका कर्मचारीको मृत्यु भएको छ । आज बेलुका ५ बजेर ५४ मिनेटको समयमा मधुगिता क्रसर उद्योगमा मिक्स गिटी अनलोड गरि अगाडि बढ्ने क्रममा हल्दीवारी२ का २५ बर्षिया मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कम्पनीबाट विदा भएर घर जान लागेका एक्जाभेटर अपरेटर किस्कुको टिप्परले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पनीबाट विदा लिएर हल्दिबारी–२ मा रहेको घर जान लागेका २ थिए । टिफर चालक उर्लावारी २ का ४१ बर्षिया गुमानध्वज खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
