भद्रपुर झापा गोल्डकप : क्वाटर फाइनलमा आयोजक भद्रपुर र नेपाल पुलिस भिड्दै
झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको पहिलो क्वाटर फाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लब भिड्दैछन् ।
यस अघि बुधवार भएको खेलमा भद्रपुर व्लेजर्सले दार्जिलिङ पुलिस टिमलाई ३ को विरुद्ध चार गोल गर्दै पराजीत गरेको थियो । यो संस्करण गोल्डकपका सदस्य तथा उमेर समूहका पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको स्मृतिमा खेलाइएको हो ।
१७ फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
