भद्रपुर झापा गोल्डकप : चर्च ब्वाइज र झापा भिड्दै
झापा । झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपमा आज झापा–११ फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । खेल मेची रंगशालामा दिउँसो २ः३० बजेबाट सुरु हुने आयोजक भद्रपुर झापा गोल्डकपले जनाएको छ । ए डिभिजन लिग विजेता चर्च ब्वइज र बी डिभिजन तयारी गरिरहेको झापाको यो प्रतिस्पर्धालानई निकै महत्त्वका साथ हेरिएको छ । भारतको सिक्किममा भएको इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापाले चर्च ब्वइजलाई हराउँदै उपाधि हात पारेको थियो । त्यसपछि भएको भेटमा चर्च ब्वाइज झापासँग बदला लिने दाउमा छ ।
झापाले मछिन्द्रलाई भद्रपुर झापा गोल्डकपमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका थियो । चर्च ब्वाइजको यो पहिलो खेल हो । गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।