पाँँच मेगावाट क्षमताको फावा खोला जलविद्युत् आयोजनाको लापरबाहीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका– २, खाल्टेको एउटा बस्ती नै पहिरोको जोखिममा परेको छ । शिवानी हाइड्रोपावरले निर्माण गरेको आयोजनाको फोरवेबाट ओभरफ्लो पानी पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने पहरास्थित काबेली नदीको मध्यभागमा झार्दा भिरमा पहिरो गइरहेको छ ।
पहिरो काबेली नदीसम्म झरेको छ । ‘यसरी नै अव्यवस्थित छाड्ने हो भने भिर नै पल्टिने खतरा छ,’ स्थानीय रामप्रसाद उप्रेतीले भने, ‘तर, अहिलेसम्म कसैले चासो दिएन ।’ विद्युत् उत्पादन बन्द भएका वेला पनि पहरामा खोला बग्छ । पहराको करिब दुई सय मिटर भागमा पहिरो गएको छ । यसले खाल्टे बस्ती नै जोखिममा परेको छ । ‘मेरो घर पहिरोको दुई सय मिटर छेउमा छ । सात÷आठ वर्षदेखि गइरहेको पहिरो बढिरहेको छ,’ खाल्टेका अम्बिका सिघु (लिम्बू)ले भने, ‘बर्खा लागेपछि रातभर गुडुङडुङ गर्दै ढुंगा भिरबाट खस्छन् । रातभर डरले निन्द्रा लाग्दैन । तर, हाम्रो यस्तो अवस्था कसैले देखेन ।’
स्थानीय देउमान लिम्बूका अनुसार खाल्टेमा करिब ४० परिवारको बसोबास छ । जलविद्युत् आयोजनाको बेवास्ताले खाल्टे पहिरोको जोखिममा परेको उनले बताए । ‘पुर्खालाई राख्ने गरिएको चिहानसम्म पहिरो आइपुग्यो । त्यहाँ सात पुस्तादेखिको चिहान छ । देवीथान पनि भत्काउन लाग्यो । अब विस्तारै बस्तीतिर पस्ने खतरा छ,’ देउमानले भने, ‘हाइड्रोपावरका कारण खाल्टे त पहिरोले लाने भयो । भिरमा पानी लगाएको सालदेखि नै पहिरो जाँदै छ । यस्तै हो भने अबको बर्खामा सबै जान्छ ।’ ०६७ मा स्वीकृति लिएर निर्माण सुरु भएको यो जलविद्युत् आयोजना ०७४ देखि सञ्चालनमा छ । कसैले नाफा कमाउन लगानी गर्दैगर्दा स्थानीयलाई असर गर्न नहुने स्थानीय कुमार सुब्बाले बताए । ‘ओभरफ्लो पानी फाल्नका लागि पाइप खोलासम्म नै लैजानुपर्ने हो । तर, भिरको बिचमा लगेर छाडेको छ । हामीले त्यही वेला भनेका थियौँ । उहाँहरूले मान्नुभएन,’ उनले भने, ‘अहिले पहिरो जान थालेको छ ।’
पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा भन्छन्– यो पहिरोले पछि ठुलो रूप लिने सम्भावना छ । गाउँ नै खतरामा पार्ने सम्भावना छ । हामीले कैयौँपटक पत्र लेख्यौँ । यहाँ काम गर्ने कामदारले व्यवस्थापन गर्छौँ भनेका छन् । तर, अब हामी वन संरक्षण ऐनलाई टेकेर मुद्दा हाल्ने तयारीमा छौँ । स्थानीय सरकार नै मुद्दा हाल्न जान्छ अब ।
विद्युत् विकास विभागको टोलीले स्थलगत अध्ययन पनि गरेको छ । अध्ययनका लागि पुगेका विद्युत् विकास विभागका भूगर्भविद् इन्जिनियर प्रमोद ढकालका अनुसार सन् २०१४ सम्म यो पहिरो देखिएको थिएन । तर, २०१५ देखि प्रत्येक वर्ष बढ्दै गएको भेटिएको छ । ‘हामीले गुगल अर्थबाट पनि यसको तस्बिर अध्ययन गरेका थियौँ । यहाँ आएर हेर्दा जब विद्युत् उत्पादन बन्द हुन्छ वा ब्रेक हुन्छ । त्यो समयमा त्यहाँको पानी यो पहिरोमा फालिँदो रहेछ । त्यतिमाथिबाट पानी फाल्दा पहिरो गएको देखिन्छ,’ उनले भने, ‘पानीको फोर्सले गर्दा चट्टान बिस्तारै झर्दैझर्दै गएको देखिन्छ । त्यस्तै अवस्था पर्दा काबेली नदी थुनिने खतरा पनि देखिन्छ । यसलाई हेर्दा त्यहाँ पानीकै कारण पहिरो गएको हो कि भन्ने देखिन्छ । यसलाई हामी अध्ययन गरिरहेका छौँ ।’ यसरी सीधै भिरमा पानी हाल्न नमिल्ने इन्जिनियर ढकाल बताउँछन् ।
शिवानीले पाइपमार्फत काबेलीमै पानी ल्याउनुपर्ने उनको भनाइ छ । यस्तै, शिवानीले पहिरो रोकथामका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । त्यसअघि स्थानीयले गुहारेपछि विद्युत् विकास विभाग र पाथीभरा याङवरक गाउँपालिकाले शिवानीलाई पटक–पटक पत्र काटेको थियो । तर, शिवानीले पहिरो जानुको कारण वर्षात् र नेपाल विद्युत् प्राधिकरणलाई देखाउँदै विभागलाई पत्र लेखेको छ ।
शिवानीका अध्यक्ष सुधीरमान प्रधानांगलाई पत्र लेखेर पहिरोको व्यवस्थापन गर्न आग्रह गरिए पनि बेवास्ता भएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए । ‘यो पहिरोले पछि ठुलो रूप लिने सम्भावना छ । गाउँ नै खतरामा पार्ने सम्भावना छ । हामीले कयौँपटक पत्र लेख्यौँ,’ उनले भने, ‘यहाँ काम गर्ने कामदारले व्यवस्थापन गर्छौँ भनेका छन् । तर, अब हामी वन संरक्षण ऐनलाई टेकेर मुद्दा हाल्ने तयारीमा छौँ । स्थानीय सरकार नै मुद्दा हाल्न जान्छ अब ।’शिवानीका अध्यक्ष प्रधानांगले आफ्नो जलविद्युत् आयोजनाका कारण मात्र पहिरो नगएको दाबी गरे । ‘हाम्रो कारणले मात्र पहिरो गएको होइन । यहाँ पहिला नै खोल्सा थियो । हाम्रो पानी धेरै बग्दैन । विद्युत् उत्पादन बन्द भएको वेलामा मात्र बग्ने हो,’ उनले भने, ‘हाम्रो आयोजना रुग्ण छ । आयोजना नै घाटामा छ । बैंकको ब्याज तिर्न पनि सकिएको छैन । तर, पनि बैंकलाई भनिरहेका छौँ । यदि बैंकले मानेमा पाइप लम्ब्याउँछौँ ।’
‘…त्यसपछि अस्पताल जाने आँट आएन, भुँइया महाराजले नै मेरी छोरीको रक्षा गरेका छन्’ करिब दुई वर्षअघिको कुरा हो, धनुषाको लक्षमिनियाँ गाउँपालिका–२ का महिलाहरू स्वास्थ्य चौकीमा आ-आफ्ना बालबच्चालाई खोप लगाएर घर फर्किंदै थिए। त्यही वडाको सिनरजोडा मुसहरी टोलकी गालो सदाकी छोरीको खोप कार्ड हराए छ। स्वास्थ्यकर्मीले जन्मदर्ता प्रमाणपत्र देखाएपछि मात्रै खोप लगाउन मिल्छ भने। खोप लगाउन बच्चाको…
झापा । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत…
काठमाडौं । एसिसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेश फाइनलमा प्रवेश गरेको छ। आज दुबईमा भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्यो। बंगलादेशका लागि शरिफुल इस्लामले ९४ रनको योगदान गरे। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार…
बिर्तामोड । नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हो । पार्टी प्रवेश गर्नेमा विभिन्न दलको उच्च पदमा रहेकाहरु छन् । टाइसन केरुङ, दिपेन लिम्बु, दिपेन जबेगु, तेन्जिङ लामा, राजभक्त योङ्ग्या, छवि गहतराज,जय सुब्बा, नर्वदा कार्की…
भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी…