आजको मौसम
झापा । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदलीरहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
