कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु ,श्रीमान घाइते
झापा । झापाको कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

आज बिहान कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको पनि घाँटीमा चोट लागेको छ ।
घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ । लालबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि त्यो पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।