अर्जेन्टिना फिफा विश्वकपमा छनोट
काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ । मंगलबार राति दक्षिण अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानको अर्जेन्टिना विश्वकपमा स्थान बनायो ।
शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको अर्जेन्टिनाले अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बन्यो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अघिल्लो पटक फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । साथै कोपा अमेरिकाको उपाधि पनि जितेको हो ।
अहिले छनोट खेलमा अर्जेन्टिना र ब्राजिल खेलिरहेका छन् । पहिलो हाफ सकिँदा अर्जेन्टिनाले ३–१ को अग्रता बनाएको छ । यो खेलमा बराबरी गरेपनि अर्जेन्टिना विश्वकपमा छनोट हुने थियो । तर, त्यसअघि नै उरुग्वे रोकिँदा अर्जेन्टिना विश्वकपमा स्थान बनाएको हो ।
