आज गणतन्त्रवादी र राजावादीको भृकुटीमण्डप र तीनकुनेमा मेला छ
काठमाडौँ । आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकले काठमाडौँमा एकै दिन प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका राजावादी समुहले प्रदर्शन छन् ।
भद्रकालीमा कमान्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन
दुई पक्षधरले शक्ति प्रदर्शनलाई मध्यनजर गरेर उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।
यसै बीच राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।