आजको मौसम
झापा । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति सुदूरपश्चिम,कोशी, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।