अब हिन्दी भाषामा ‘आउट ल’
गत फागुन २९ गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘आउट लः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दीमा डबिङ भइसकेको फिल्मको मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । साउथको ‘केजीएफ’ जस्ता फिल्मको हिन्दी डबमा स्वरांकन गरेका सचिन गोले लगायतका डबिङ आर्टिस्टहरुले फिल्ममा आवाज दिएका छन् ।
निर्माता अमित अग्रहरीले चाँडै फिल्मको हिन्दी भर्सन रिलिज गरिने जानकारी दिए । फिल्मलाई हलमा रिलिज गर्ने वा ओटीटी प्लेटफर्ममा भन्ने विषयमा कुराकानी भइरहेको उनको भनाइ छ । हिन्दी ट्रेलरलाई युटयुबमा राम्रो प्रतिक्रिया मिलेको छ । कतिले हिन्दी डबिङको प्रशंसा गरेका छन् भने कतिले नेपालको हलमा नै हिन्दी भर्सन रिलिज गर्न आग्रह गरेका छन् ।
