यी हुन् यातायात व्यवस्था कार्यालय बिर्तामोडमबाट पक्राउ पर्ने बिचौलिया
झापा । यातायात व्यवस्था कार्यालय मेची, बिर्तामोडमबाट बिचौलियालाई पक्राउ परेका छन् । जनगुनासो बढेसँगै शुक्रबार कार्यालय समयमा प्रहरीले स्टिङ अपरेसन गरेर ९ जना बिचौलियालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–१ का सुरज आचार्य, बिर्तामोड– १ कै तुलसी खतिवडा, कन्काई १ का दिवस राई, बिर्तामोड– ५ रामप्रसाद ढकाल, बिर्तामोड –१ की गरिमा घिमिरे, बिर्तामोड–१ की सीता भेटवाल, बिर्तामोड–१ का रोशन आचार्य , बिर्तामोड –३ का युवराज लिम्बू र बिर्तामोड –२ का टंकप्रसाद राजवंशी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई अभद्र व्यवहारमा पाँच दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।
बिचौलियाका कारण यातायात व्यबस्था कार्यालयमा कर तिर्न जाने सेवाग्राही ठगिएको गुनासो आएपछि प्रहरीले स्टिङ अपरेसन गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको जनाइएको छ । अपरेसनमा २जाना महिला समेत पक्राउ परेको जानकारीमा आएको छ ।
