पूर्वप्रधानमन्त्री खनालले उद्घाटन गरे सुके निन्दा पुल
झापा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईलाम जिल्लाको रोङ गाउँपालिका वाड नम्बर ५ स्थित सुके निन्दा खोलाको पुल उद्घाटन गरेका छन् । ७ करोड लागत बनेको पक्की पुलको पुलको उद्घाटन गर्दै खनालले जिल्लाको विकासकोलागी सधैं पहल गर्ने बताए ।
खनालले ईलाम जिल्लामा मात्रै आफ्नै पहलमा ४० भन्दा बढि पुल निर्माण गरेको समेत बताए । खनालले भने,’ सम्भवत नेपालकै सबैभन्दा बढी पुल निर्माण गर्ने जिल्ला ईलामनै होला , ईलामेली जनताले मलाई सांसद , प्रधानमन्त्री बनाएका कारणपनि यो सम्भव भएको हो।’
खनालले सिलन्यास भएको ११ महिनामै पुल निर्माण सम्पन्न भएकोमा प्रशंसा गर्दै त्यसकालागी पहल गर्ने स्थानिय जनप्रतिनिधि , स्थानिय अगुवा ,स्थानियबासी लगायत समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनि समेतलाई धन्यवाद दिए।
कार्यक्रममा कोशी प्रदेश सांसद खिनु ल्वाङ्वा, जिल्ला समन्वय समितिका उप्रमुख चित्रकाला बराइली, रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्वो , स्थानिय अगुवा बृहस्पति खतिवडा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । खनाल झापा हुँदै आजै ईलाम पुगेका छन् । भोलि इलामको सुर्योदय नगरपालिकामा हुने एकिकृत समाजवादीको जिल्ला स्तरिय अगुवा कार्यकर्ताभेलालाई सम्बोधन गर्न खनाल इलाम पुगेका हुन् ।