कोशी र मधेश प्रदेशमा भारी वर्षा
झापा । झापा लगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहि रहेको बेला बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव बढेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
राती पनि कोशी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
