काँकडभिट्टामा बेवारिशे शव फेला
काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टामा बेवारिशे शव फेला परेको छ । करिब ५०/५५ वर्षका देखिने पुरुषको शव काँकभिट्टा बस पार्कमा गत बुधबार फेला परेको थियो । हालसम्म पनि पहिचान खुल्न नसकेकाले इलाका प्रहरी कार्यालय काँकडभिट्टाले शव पहिचानका लागि आफ्नो फेसबुकमा हालेको छ ।
गत बुधबार मेचिनगर नगरपालिका ६ काँकडभिट्टा बसपार्कमा ती पुरुष अचेत अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले उपचारको लागि आम्दा अस्पताल धुलाबारी पर्याएको थियो । अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
ती पुरुषको पहिचान गर्ने प्रयास गर्दा पनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनको पहिचानको लागि माथिल्लो कार्यालय र मातहत समेतमा हुलिया परिपत्र गरी गर्दासमेत पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनको पहिचान गर्न सक्ने कोही मानिसहरू भए इलाका प्रहरी कार्यालय काँकडभिट्टामा यथासिघ्र सम्पर्क गर्नु प्रहरीले अनुरोध गरेको छ ।
