५ लाख ३४ हजारको कस्मेटिकका सामग्री निन्त्रणमा
झापा । झापाको बुद्धशान्तिबाट ५ लाख बढीको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. –४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा अवैध सामानसहित सवारीलाई नियन्त्रणमा लिएको हो ।
ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडीमा बिलबिना अवैध रूपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिकका सामग्री फेला परेको थियो । ती सामाननियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको प्रहरीले जनाएको छ ।
