दुई करोड ठगेर फरार रहेका पाताल गंगा सहकारी पूर्व अध्यक्ष खनाल पक्राउ
बिर्तामोड । बिर्तामोडको पाताल गंगा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
सहकारीमा सदस्यले राखेको दुई करोड रुपैयाँभन्दा बढी बचत अपचलन गरेर फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्रेर बिर्तामोड ल्याएको छ ।
खनाललाई अहिले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोमा राखिएको र आइतवार जिल्ला अदालत झापामा बुझाउने झापा प्रहरीले जानकारी दिएका छ।
