आजको मौसम
झापा। पश्चिमी तथा स्थानीय वायुको प्रभाव आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । केहि स्थानमा सामान्य हावाहुरी चल्ने भएकोले सतर्कता अपनाउनु होला

