‘ऊनको स्वीटर’ सुपरहिट
झापा । २०८२ सालको दर्शकले अत्याधिक रुचाएको पहिलो फिल्म फिल्म ‘ऊनको स्विटर’ बनेको छ । घरेलु बक्सअफिसमा यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।
तेस्रो शुक्रबार १५ दिनको बेलुकी ५ बजेसम्म यो फिल्मले सरकारको आधिकारिक बक्सअफिसमा ७ करोड १० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । शुक्रबारको रात्रीकालिन शो ५ बजेपछिको हिसाब आउन बाँकी छ । फिल्मले आज तेस्रो शनिबार पनि राम्रै कमाइ गर्ने प्रक्षेपण गरिएको छ । तेस्रो सप्ताहन्तसम्मको कूल कलेक्सन भोलि आइतबार सार्वजनिक हुनेछ ।
तेस्रो शुक्रबार यो फिल्मले देशब्यापी ११२ शो पाएको थियो, जुन आफैमा उत्साहजनक हो । तेस्रो सप्ताहन्त पनि सयभन्दा धेरै शो होल्ड गर्नु आफूमा सुखद अवश्य हो ।
डेटाअनुसार, नवीन चौहान निर्देशित फिल्मको कूल कलेक्सनमा पूर्व र काठमाडौं उपत्यका टेरिटोरीको योगदान उच्च छ । फिल्म हेर्न जाने सबै उमेर समुहका दर्शकले फिल्मलाई राम्रो प्रतिकृया दिने गरेका छन् ।
