रोङमा फेरि फर्कियो लम्पि स्किन
गोबिन्द पौडेल
रोङ । करिव दुईबर्ष अघि पशुचौपायमा महामारीको रुपमा फैलिएको लम्फि स्किन डिजिज रोङ गाउँपालिकामा फेरि देखिएको छ ।
किसानले पालेको गाई भैंसी गोरुमा सुन्निने,घाँस दाना नखाने ,ज्वरो साथै छालामा फोका र घाउ देखिदै पशुहरु मर्नेसम्मको समस्या देखिएको थियो । लम्फि स्किन डिजिजवाट करोडौको नोक्सानि बेहोरेको किसानहरुमन फेरि सोहि रोगको पुनरागमन भएपछि रोङका किसानहरु भयभित भएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार रोङ गाउपालिकाको सबै वडामा गरि १६ किसानको १७ वटा पशु सक्रमित भएको र १ वटा मरेको विवरण प्राप्त भएको रोङ गाउपालिका पशुशाखाका प्राविधिक राकेस कुमार राउतले बताए ।सयौको सख्यामा पशुहरुमा सक्रमण भएको अनुमान गरिएको ईलामको रोङ गाउपालिकामा नियन्त्रणका लागि भोलि पशुप्राबिधिक, जनप्रतिनिधि,टोलबिकास समिति सबैमा तैयारिगरि आईतवारदेखि रोग नियन्त्रणमालागि विशेष प्रयत्न गरिने रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।