जंगली हात्ती खेतमा मृत फेला
झापा । झापामा फेरि जंगली हात्ती मृत फेला परेको छ ।

आज बिहान अन्दाजी ९.४५ बजे मेचीनगर नगरपालिका वडा नम्बर १ कोसेली चोकस्थित लिलाप्रकाश रिजालको मकैबारीमा पोथी हात्ती मृत फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन । आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापाबाट टोली जाँदै गरेको जनाइएको छ ।
