दिलभूषणको पक्षमा अन्तरिम आदेश
झापा । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न प्रहरीलेलाई आदेश दिएको छ ।
न्यायाधीश टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले आज मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा उच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पक्राउ नगर्नूनगराउनू भनेको छ । सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने आदेशमा उल्लेख छ ।
