सांसद मेटमणि चौधरीले बनाए पाँच करोड ४० लाख झ्वाम
झापा । सांसद मेटमणि चौधरीमाथि ठगीको आरोप लागेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका चौधरीमाथि पाँच करोड ४० लाख चेक अनादरको जाहेरी परेको हो ।
रोल्पा घर भएका र निर्माण कम्पनी सञ्चालन गर्दै आएका मगर थरका एक व्यक्तिले चौधरीविरुद्ध पाँच करोड ४० लाख चेक अनादरको जाहेरी दिएका हुन् । जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भइसकेको बुझिएको छ ।
एक प्रहरी अधिकृतका अनुसार सांसद चौधरीविरुद्धको जाहेरी हुलाकमार्फत् आएको थियो भने सनाखतको लागि जाहेरीकर्तालाई कार्यालयमा बोलाइएको छ । जाहेरी अध्ययनपश्चात बैंकिङ कसुर र ठगीको मुद्दा आकर्षित हुने देखिएको ती अधिकृतले बताए ।
चौधरी ०७९ मा दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।