काँकडभिट्टा नाका : भारतबाट काम गरी फर्किएका एक जनामा कोरोना
झापा । पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गरेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । हिजो दिउँसो २.२५ बजे काँकडभिट्टाबाट प्रवेश गरेका दोलखा तामाकोशी गाउँपालिका-२ बस्ने ४७ वर्षीय दावा तामाङलाई कोरोना पुष्टि भएको हो ।
उनी भारतको खर्साङबाट घरतर्फ फर्किँदै गरेका थिए । काँकडभिट्टा नाकामा रहेको हेल्थडेक्समा एन्टीजेन टेस्ट गर्दा पोजिटिभ देखिएकोले उनलाई होम आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ । पूर्वमा एकपछि अर्कोमा कोरोना संक्रमण देखिन थालेको छ । यसअघि झापा बिर्तामोड र इलाम रोङका दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।
