आजको मौसम
झापा । मनसुनी वायुको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदलीरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका तथा मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
