हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या
झापा । भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ ।

आज बिहान ४.३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका –२ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर –२ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् । राईले सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए । आज बिहान घरायसी विवादपश्चात् राईले ससुरा बर्ष ६८ का बेलबहादुर गिरी , सासुआमा बर्ष ४५ की मन्जु गिरी ,सालो बर्ष ९ का सपन गिरी र श्रीमती बर्ष १५ की मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी ओख्रेबाट टोली खटिएर हतियार प्रहार गर्ने राजेन्द्रलाई पक्राउ गरेको छ । मृतकहरुको शवलाई जिल्ला अस्पताल भोजपुर ल्याउँदै गरेको जनाइएको छ ।
