भारतिय गाडीको बिगबिगी बढ्यो, ट्राफिक प्रहरी मूकदर्शक

झापा । झापामा विभिन्न क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले झापामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । मेचिनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर क्षेत्रमा भारतियकै नाममा किनेर स्थायीरुपमा नै हजारौ भारतीय नम्बरका सवारी साधन राखिएको छ ।
ट्राफिक प्रहरीको आँखै अगाडी काँकभिट्टा, धुलावारी, चारआली, बिर्तामोडमा पार्किङ गरेर राखिएको देख्न सकिन्छ । ट्राफि प्रहरीकै सेटिङमा दर्जनौ भारतिय नम्बरका दैनिक नोपलमा भाडामा समेत कुदने गरेका छन् ।
नजिकैको बजारसम्म आउन सुविधाको चलन भए पनि बिर्तामोड, चारआली, भद्रपुर धुलाबारी, बुधबारे, शनिश्चरेका स्थायी रुपमा किनिएका गाडी सुविधा गर्न दैनिक काँकडभिट्टा जाने गरेका छन् ।
ट्राफिक प्रहरीको मिलेमतोमा स्थानीयले भारतीय नम्बर प्लेट भएका सवारी साधन निर्वाध रुपमा प्रयोग गरिरहेका छन् ।
अर्जुनधारका स्थानीय बासिन्दाहरूका अनुसार, दैनिकजसो दर्जनौं भारतीय नम्बर प्लेटका गाडीहरू यहाँ सहज रूपमा आवतजावत गरिरहेका हुन्छन् । तर त्यस्ता गाडीहरूको अनुगमन र नियन्त्रणमा सरोकारवाला समेत रहेको ट्राफिक प्रहरी निष्क्रिय देखिएको छ ।
स्थानीयवासी रामबहादुर राई भन्छन्, “यी गाडीहरू कुनै नियम पालना गर्दैनन्। ट्राफिक प्रहरीहरु देखेरै बेवास्ता गर्छन् । नेपालको कानुन अनुसार, भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा १५ दिनसम्म मात्र राख्न पाइन्छ । सो अवधिपछि थप समय आवश्यक भएमा सम्बन्धित भन्सार कार्यालयमा शुल्क तिरी अनुमति लिएर अधिकतम ६ महिना (१८० दिन) सम्म नेपालमै राख्न सकिन्छ । तर, झापामा भने बर्षौसम्म राखेर निर्वाध संचाल भईरहेका छन् । यो बापत झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलले मासिक रुपमा राम्रै रकम तर मार्ने गरेको ट्राफिक स्रोतले बतायो ।
तर झापामा नियमको यस्तो पालना हुन छोडेको देखिन्छ । यता, चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नियम पनि यहाँ उल्लङ्घन भइरहेका छन् । प्रचलित ट्राफिक ऐन अनुसार, नेपाली नागरिकले भारतीय नम्बर प्लेटको गाडी चलाउन चाहेमा अनिवार्य रूपमा भारतीय ड्राइभिङ लाइसेन्स हुनु आवश्यक हुन्छ । तर केही नेपालीले भारतीय लाइसेन्स वा बिना लाइसेन्स नै गाडी चलाउने गरेको पाइएको छ । ट्राफिक चेकिङ्गमा परे ५०० रुपैयाँ बिल बिना बुझाएर हिड्ने गरेको एक चालकले बताए ।
झापाका स्थानीय व्यापारीहरु र सर्वसाधारणले यस अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडकमा ट्राफिकको उपस्थिति कमजोर भएको र अवैध सवारी व्यवस्थापनमा गम्भीर बेवास्ता भएको आरोप लगाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पोडेलले भारतीय सवारी साधनको पटके काटेर नेपालमा सञ्चालन गर्न सकिने बताए । उनले जुन देशमा दर्ता भएको सवारी साधन छ, सोही देशको चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने जनाए । अर्जुनधाराका स्थानीयले भारतीय सवारी साधनको प्रयोग गरिरहेको बारेमा आफुले पनि सुनेको बताउँदै उनले ट्राफिक प्रहरीले त्यसलाई नियन्त्रणमा लिने जानकारी दिए । यदि प्रशासनले यथाशीघ्र ध्यान नदिए, विदेशी सवारीको अव्यवस्थित सञ्चालनले दुर्घटना, कर छली, र दैनिक रुपमा सुरक्षा चुनौती थपेको छ ।
