आजबाट ‘यो मन त मेरो नेपाली हो’
झापा । आज शुक्रबारबाट फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । देशभक्ति भावनाको कथावस्तुमा आधारित यो फिल्मको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । फिल्मकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तुको प्रशंसा गरेका थिए ।
मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको यो फिल्म नेपाली भाषा, कला, संस्कृति बचाउनुपर्ने कथावस्तुमा आधारित छ ।
