कफी खेती तालिम सम्पन्न

इलाम । शिव सुन्दर सामुदायिक वन उपभोक्ता समूह रोङ १ ईलामले दुई दिने कफी खेती सम्बन्धी तालिम सम्पन्न् गरेको छ । आर्थिक बर्ष २०८१ / ०८२ को स्विकृत बार्षिक कार्यक्रम बमोजिम गरिबी न्यूनीकरण कार्यक्रम शिर्षक अन्तर्गत शिपमुलक दुई दिने तालिम चिया तथा कफी विकास वोर्डको प्रविधिक सहयोगमासम्पन्न भएको हो ।

३० घरधुरी उपभोक्ताहरु कफि सम्बन्धी तालिममा सहभागी भएको र उनिहरुलाई ३२ वटाका दरले कफिको बिरुवा बितरण गरिएको सावका अध्यक्ष देवकुमार राईले बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कोशी प्रदेशका प्रमुख ईन्द्र प्रसाद अधिकारी, बोर्डका प्राबिधिक मिनेन्द्र अगुवा र अनन्त ढुङ्गानाले कफी खेती सम्बन्धी तालिम दिएको अध्यक्ष राईले जानकारी दिए ।

रोङ सव डिभिजन वन कार्यालय ईलामका कार्यलय प्रमुख होम चन्द्र गौतमको प्रमुख अतिथितयमा उत्घाटन कार्यक्रममा भएको थियो ।

