स्वास्थ्य संस्थालाई सहयाेग हस्तानतरण
रोङ । रोङ गाउँपालिकामा(६ मा रहेको एक स्वास्थ्य संस्थालाई एक विदेशि संस्थावाट अढाईलाख बराबरको सहयोग हस्तानतरण गरिएको छ । रोङ ६ मा रहेको रम्भ्याङ आभारभूत स्वास्थ्य ईकाईलाई भौतिक पुर्वाधार बिकास र स्वास्थ्य सामाग्री सहित अढाई लाख वराबरको सहयोग बिहिवार एक कार्यक्रम बीच हस्तानतरण गरिएको हो ।
नमुना बिकास केन्द्रको व्यवस्थापनमा स्पेन्ड डिरिक नामक विदेशी संस्थावाट स्वास्थ्य सस्थामा आवश्यक पर्ने आधारभुत सामाग्रीहरु साथै स्वास्थ्य केन्द्रको भवनमा,सिलिङ पाटिसन लगायतको काम गरेर सहयोग गरिदिएको हो ।रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता र उपाध्यक्ष बिष्णु माया खवासको विशेष आतिथ्यतामा भएको सहयोग हस्तानतरण कार्यक्रमा बोल्दै अध्यक्ष स्याङ्वोले गाउँपालिकाले पालिकाको चौतर्फि अभावका कुराहरु देखेपनि सिमित साधन र श्रोतको कारण पूरा गर्न नसकेको अवस्थामा यस्ता सहयोगले पालिकालाई सहयोग पुगेको बताए ।
रोङ गाउपालिकाको स्वास्थ सस्थाहरुमध्ये सेवाग्राहिहरुको निकै चाप रहने रम्भ्याङ आधारभुत ईकाईको बिकासमा गाउपालिका लागिरहने भन्दै सहयोगि र सहजिकरण गर्ने सबैमा गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताइन् । अभावै अभावमा रहेको स्वास्थ्य सस्थामा दाताको सहयोगले काममा सहजहुने स्वास्थ्य शाखा प्रमुख दिपक खतिवडाले बताए । दाताहरुवाट प्राप्त सहयोगबाट स्थानिय नागरिक र सेवाग्राहिहरुलाई अधिक लाभ मिलोस भनेर दुर्गम को स्वास्थ्य सुधारमा सहयोगि हुने बिश्वासले सहयोग गरिएको दाता सहजकर्ता एव नमुना बिकास केन्द्रका कोषाध्यक्ष रुद्र प्रधाको भनाई रहेको छ ।
