आजको मौसम
झापा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव बढेको छ ।
।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
