झापामा बिहानैदेखि आन्दोलन शुरु, हालसम्म १४ जना प्रदर्शनकारी घाइते, ७ जनालाई गोली लाग्यो
झापा । जेनजीको प्रदर्शनका क्रममा झापामा प्रहरीसंगको झडपमा १४ जना घाइते भएका छन् । त्यसमध्ये ७ जनालाई गोली लागेको छ ।

घाइतेहरुको बिर्तामोडको बीएण्डसी , विराटनगरको नोवेल , लाइफ लाइन अस्पताल दमक, मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घाइतेहरुको नामावली यसप्रकार रहेको छ ।
१. कमल गापा–५ बस्ने बर्ष ३० को प्रकाश भट्टराई (बाँया खुट्टाको फिलामा चोट, दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको )।
२. दमक नपा–३ बस्ने बर्ष २० का भुपेन्द्र खडका (अनुहार र घाँटीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि घोपा धरान पठाएको )।
३. गौरीगंज गापा–१ बस्ने बर्ष २० का सागर हेमरम (अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको) ।
४. दमक नपा–१ बस्ने बर्ष १८ का अभिषेक चेम्जोङ (अनुहारमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको) ।
५.मोरङ उर्लाबारी नपा–४ बस्ने बर्ष १९ का प्रयुस चौहान (दाहिने हात खुट्टा छातीमा चोट, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोबेल अस्पताल बिराटनगरमा लगिएको) ।
६. शिवसताक्षी नपा–११ बस्ने बर्ष १८ का युनिस दाहाल (दाहिने कान घाँटीमा चोट, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोबेल अस्पताल बिराटनगर लगिएको) ।
७.इलाम चुलाचुली गापा–३ बस्ने बर्ष २४ का साईन राई (दाहिने खुट्टामा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै )।
८. कमल गापा–५ बस्ने बर्ष १९ का अविनाश राई ( दुवै हात खुट्टामा चोट, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोवेल अस्पताल बिराटनगरमा लगिएको) ।
९. दमक नपा–१० बस्ने नरेन्द्र रिमालका छोरा बर्ष १७ का औसन रिमाल( बाँया हातको पाखुरामा चोट, अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको )।
१०. दमक नपा–७ बस्ने बर्ष १८ का रोयल रिजाल( दुवै खुट्टामा चोट, बोल्न सक्ने , लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै )।
११. बिर्तामोड नपा–५ बस्ने बर्ष अन्दाजी ३३ का प्रदिप खरेल (दाहिने खुट्टामा चोट, बीएण्डसी अस्पतालमा उपचार हुँदै ) ।
१२. बिर्तामोड– ९ बस्ने बर्ष अन्दाजी १६ का संदेश गिरी( अश्रुग्यासको धुँवाले घाइते, बिर्तासिटी अस्पतालमा उपचार हुँदै ) ।
१३) भारत दार्जिलिङ घर भई हाल बिर्तामोड –२, भगवान चोकस्थित करुणा कोइरालाको घरमा डेरा गरि बस्ने बर्ष २० का अनिकेट शर्मा चौलागाईंँ (दाहिनेपट्टिको हिपमा गोली लागेर उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार गरि थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड रेफर भएको) ।
१४) कमल –३ बस्ने बर्ष १७ का लावाहाङ राई ( टाउकोमा चोट लागेर निम्स अस्पताल दमकमा उपचार गरि थप उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भइरहेको ) ।
झापामा बिहानैदेखि आन्दोलन शुरु
सरकारले घोर दमन गर्दा १९ जना जेनजीको आन्दोलनकारीको मृत्यु भएपछि आज बिहानैदेखि काठमाडौसंगै झापामा पनि आन्दोलन शुरु भएको छ ।

बिहानैदेखि बिर्तामोडको मुक्तिचोकमा आन्दोलनकारीहरुले टायर बालिरहेका छन् । बिर्तामोड ५ मुक्ति चोकमा करिब ३०० जना प्रदर्शनकारीहरुले स्वतस्फूर्त रुपमा भेला भई पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामानहरु, प्रहरी पोष्टहरु , ट्राफिक चिन्हहरु सडकमा ल्याई आगजनी गरिरहेका छन् । हालको अवस्था तनाबग्रस्त रहेको छ । पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । उक्त स्थानमा प्रहरी टोली जान सकेको छैन ।
त्यस्तै मेचीनगर –७ इट्टाभट्टास्थित मेचीनगर नगरपालिकाको कार्यालय प्रवेश गर्ने बाटो अगाडि पूर्वपश्चिम राजमार्गमा जेनजीका युवाहरु करिब ३० जनाको उपस्थितिमा राजमार्गमा चल्ने सवारी साधनहरु अवरोध गर्ने प्रयास गरिरहेका छन् ।
