मन्त्रिपरिषद् विस्तार : कुलमान, रामेश्वर र अर्याल मन्त्री बन्दै
झापा । सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने गरि रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङको नाम टुंगो लागेको हो । अर्थमन्त्रालयमा खनाल, गृहमा अर्याल र ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
अर्यालले कानून मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।
