देउवाले भने- अब साउन १० गते बैठक बस्छ, मैले पनि बोल्नुपर्ला!

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ।

आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन्।

‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘त्यहाँ त मैले बोल्नैपर्ला।’ 

सोमबार केन्द्रीय समितिमा उपसभापतिहरू र महामन्त्रीहरूले धारणा राखेका थिए।

Source: Setopati

Similar Posts