यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटी बैठकका निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । दुई दिन बसेको स्थायी कमिटी बैठकले तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरी प्रभावित किसानहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो । 

एकीकृत समाजवादीले बाढी पहिरोबाट प्रभावित जनताको उद्धार गरी राहत प्रदान गर्न माग गरेको छ । यस्तै बैठकले भारत उत्तराखण्डको रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीहरुको खोजी तथा उद्धार कार्यमा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ । 

महासचिव घनश्याम भुसालले बैठकले लम्पी स्किन रोगबाट क्षति भोगेका किसानहरूलाई राहत दिन सरकारसँग माग गरेको बताए । पार्टी र जनसंगठनमा आबद्ध कतिपयले सामाजिक संजालमा  अनुशासनको सीमा नाघेर बोल्ने र लेख्ने पाएको भन्दै उनले त्यस्तो गरेमा पार्टी विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । 

Source: Ratopati

Similar Posts