एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

0 0
Read Time:1 Minute, 35 Second

नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ।

सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ। यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने।

समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न लागिएको छ।

अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको खतिवडा बताउँछन्। ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै हुन्,’ उनले भने।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठक गरेको थियो। उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ।

एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो भने राष्ट्रिय पार्टी बनेको थिएन। अहिले एकीकृत समाजवादीमा अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *