‘ती मूर्ति कुनै पनि सार्वजनिक स्थानमा राख्न पाइने छैन’

0 0
Read Time:1 Minute, 38 Second

१४ सय वर्ष पुरानो जात्रामा उत्पन्न बुंगमती र कीर्तिपुरको विवाद

रातो मच्छिन्द्रनाथ र उनकी ‘प्रेमिका’ भनिने कीर्तिपुर, प्यंगथाँकी याकः मिसा (एक्ली केटी) बारे जति पनि किम्बदन्ती सुनिएका छन्, ती सबैमा एउटा कुरा समान छ —

याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन। उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो।

यति मात्र होइन, काठमाडौं उपत्यकामा पानी पार्न भनेर भारतको आसामबाट ल्याइएका यी ‘सहकालका देउता’ एकठाउँ बाँधिएपछि यहाँ फेरि अनिकाल छाउन के बेर!

त्यही भएर याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथका पाइला रोकिएनन्। हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्के।

किम्बदन्तीको यो क्लाइमेक्स आज फेरि कीर्तिपुरमा पुनरावृत्ति हुँदैछ।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *