संघीय संसदको पहिलो अधिवेशन आजदेखि शुरू

0 0
Read Time:1 Minute, 54 Second

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राप्रपा नेता पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्नुहुने भएकाे छ ।

सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबरालेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । साेही बैठकमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको नामावली पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुख चयन नहुन्जेलसम्मका लागि ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा संचालनका लागि सांसदहरूको मनोनयन गर्ने कार्यक्रम समेत रहेको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभा दुवैको बैठक सोमबार एकै समयमा बस्ने भएकाे छ ।

नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहने भएकाे छ ।

Source : Purwanchal Daily

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *