झापाका क्रसर व्यवसायी आन्दोलित, आजबाट सबै क्रसर उद्योग बन्द गर्ने निर्णय

0 0
Read Time:2 Minute, 53 Second

झापा,  झापाका क्रसर उद्योगी तथा व्यवसायी आन्दोलित भएका छन् ।
नेपाल सरकार गृह मन्त्रालयले गत पुस २० गते सार्वजनिक सूचना जारी गर्दै अबैधानिक क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनसंगै झापामा रहेका क्रसर उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

२०७१ सालअघि मापदण्ड पु¥याएर आफूहरुले उद्योग दर्ता गरेपनि सरकारले नयाँ मापदण्ड बनाएर व्यवसायीमाथि अंकुस लगाउने काम गरेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको झापा क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सल्लाहकार शेरवहादुर थापाले बताउनुभयो । उहाँले पुस २८ गतेबाट झापाका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय भएको बताउनु भएको छ ।
झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले आफ्नो निर्णय सच्याएर अघि नबढेसम्म कुनै पनि क्रसर उद्योग तथा बालुवा प्रशोधन कारखाना सञ्चालन नगरिने बताउनुभयो ।

‘पुरानो मपदण्ड अनुसार २०७१ सााल अघि दर्ता हुँदै सञ्चालनमा रहेका उद्योग सञ्चालनमा सरकारले कुनै रोक नलगाउने सहमति भएपनि अहिले नयाँँ नियम ल्याएर गृह मन्त्रालयले व्यवसाय नै बन्द गर्न भनेको छ’ झापा क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सदस्य केदार गिरीले भन्नुभयो – सरकारले अहिले ल्याएको नियम खेद्जनक छ । यसको हामी खुलेर विरोध गर्छाैं । किनकि हामी पुरानो मापदण्डमा रहेर नियमित राज्यलाई कर तिरिरहेका छौं । राज्यले समयमा हाम्रा उद्योग नबीकरण नगर्ने अहिले उद्योग बन्द गर भन्दा हुन्छ – उहाँले प्रतिप्रश्न गर्नुभयो ।

झापामा २९ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैबीच निर्माण व्यवसायी संघ झापाले समेत विज्ञप्ति जारी गर्दै राज्यले लिएको नीतिका कारण झापाली व्यवसायी मात्र नभई देश भरको व्यवसाय नै धरासायी बनेको बताउनुभयो । उहाँले क्रसरसंगै अन्य व्यवसाय अन्योन्याश्रित रहेकाले यसको असर सबै क्षेत्रमा पर्ने संघका अध्यक्ष मिलन बस्नेतले बताउनुभयो ।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%