प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा रवि लामिछाने

0 0
Read Time:1 Minute, 41 Second

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्।

उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। 

यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।

अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको हो।

लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ। 

Source: Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%