शहीदको सम्मानमा अब बलिदान होइन, योगदान गरौँः मेयर बालेन शाह

0 0
Read Time:2 Minute, 41 Second

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन्।

सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए।

उनले शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए। उनले शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहीदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए।

शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने बताए।

‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौँ। यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु। शहीदहरुले आफ्ना सन्ततिहरुको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो’, उनले भने, ‘हामी सन्ततिहरुका लागि उहाँहरुको सुनौलो सपना थियो। आज शहीदहरुले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ। शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर शहीदहरुको आत्माले शान्ति पाउँछ।’

मेयर शाहले अमर शहीदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताए।

‘इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ,’ उनले भने।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%