गृहमन्त्री रास्वपाले पाउने सहमति छ: ओली

0 0
Read Time:2 Minute, 20 Second

‘कांग्रेस अहिले गृहराज्य मन्त्री दिए पनि सरकारमा आउँछ’

सत्ता घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताए।  

ओली नेपाल उद्योग परिसंघ (सिआइएन) प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ नि? भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताए।

‘पहिला रविजी गृहमन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भने।

माओवादी नेताहरू राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताएर गृहमन्त्रीसहित अरू मन्त्रालय दिएर कांग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ नि? भन्ने अर्को प्रश्नमा ओलीले भने- कांग्रेस त गृह राज्यमन्त्री दिए पनि अहिले सरकारमा आउँछ। राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ। 

अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे।

‘हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन्। ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ, कुनै समस्या हुन्न,’ ओलीले भने।

Source : Setopati

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Tags: No tags

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%